"द ग्रेट डिक्टेटर" चाप्लिनको पहिलो संवाद भएको चलचित्र थियो। चाप्लिनले यसमा गेट्टोमा बस्ने सानो यहूदी नाई र टोमैनियाका तानाशाह शासक हाइनकेल दुबैको भूमिका खेलेका छन्। आफ्नो आत्मकथामा चाप्लिनले आफूले भनेको उद्धृत गरेका छन्: "एण्टी नाजी बन्न यहूदी हुनु आवश्यक छैन। सभ्य र सामान्य मानव हुनु पर्याप्त छ।" चाप्लिन र हिटलर...