सोमवार, पुस ७, २०८१
मधेश

अब ह्वाट्सएप मेसेजमा इमोजी पठाउन सकिने

wstadmin आइतवार, बैशाख २४, २०७९

मेटा कम्पनी स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपले रियाक्सन फिचरको परीक्षण गत महिनादेखि गर्दै आएकोमा अब औपचारिक रुपमा सुरुवात गरेको छ । यो सँगै आम ह्वाट्सएप प्रयोकर्ताले ह्वाट्सएप रियाक्सन फिचर प्रयोग गर्न पाउनेछन् ।

मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार मे ५ देखि ह्वाट्सएपको उक्त नयाँ फिचर सुरु भएका घोषणा गरेका हुन् । जुकरबर्गल आफ्ना फेसबुक पोष्टमा यस्ता जानकारी गराएका हुन् ।

यो नयाँ फिचरसँगै अब ह्वाट्सएपका प्रयोगकर्ताले पनि फेसबुक मेसेन्जर तथा इन्स्टाग्राम मेसेजमा जस्तै ह्वाट्सएपमा कसैलाई मेसेज पठाउँदा इमोजी रियाक्सन पठाउन सक्दछन् । यसमा Like, Love, Laugh, Surprised, Sad तथा Thanks  गरी ६ प्रकारका इमोजी आदानप्रदान गर्न सकिन्छ ।

ह्वाट्सएपको इमोजी रिएक्सनको पहिलो झलक बिटा भर्सनमा गत महिना देखिएको थियो । इमोजी रियाक्सन फिचरलाई एन्ड्रोइडको बिटा भर्सन २.२२.८.३ मा सबैभन्दा पहिले देखिएकेा थियो । एजेन्सी

सम्बन्धित खबर