सोमवार, पुस ७, २०८१
कर्णालि

कोरोनाले रोकिएको नेफ्टा अवार्ड यसवर्ष आयोजना हुँदै

wstadmin आइतवार, बैशाख २४, २०७९

COVID-19 Vaccine. (Photo: IANS)

१० औं नेफ्टा अवार्ड यस वर्ष आयोजना गर्ने तयारी गरिएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले यसका लागि आवश्यक तयारी थालिएको जनाएको छ ।

गतवर्ष चैत्रमा आयोजना हुने भनिएको अवार्ड कोभिडका कारण आयोजना हुन सकेको थिएन । अब अवार्ड आगामी फागुन अन्तिम साता आयोजना हुने प्राविधिक संघले एक विज्ञप्ति जारी गरेर जानकारी गराएको छ।

चलचित्र प्राविधिक संघ र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुने यो पटकको अवार्डका लागि उत्कृष्ट पाँच मनोनयन माघ १० गते सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रम संयोजक सुष्मा पौडेलले बताइन् ।

ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको दिन नै अवार्डको मिति सार्वजनिक गरिने जानकारी दिएका छन् । सुरक्षाका मापदण्ड अपनाएर अवार्ड आयोजना गरिने उनको भनाइ छ ।

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोनाका कारण उठ्न नसकेको चलचित्र उद्योग चलायमान बनाउनका लागि यसै वर्ष नेफ्टा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए ।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्ड चलचित्र क्षेत्रकै प्रतिष्ठित अवार्डको रुपमा मानिन्छ । तर, पछिल्लो समय यो अवार्ड नियमित रुपमा हुन सकेको छैन ।

सम्बन्धित खबर