विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसलाई अर्को सूचना नआएसम्मको लागि निलम्बन गरेको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूईएफएले रुसलाई निलम्बन गरेको हो।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै क्लबलाई समेत सबैखाले प्रतियोगितामा निलम्बन गरेको छ ।
फिफाको निलम्बनमा परेमा रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैनन्।
फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो । एजेन्सी