सोमवार, पुस ७, २०८१
Breaking News

निरन्तरको वर्षाले हवाई उडान प्रभावित, बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण

इश्वर देवकोटा बुधबार, भदौ ४, २०८१

फाइल फोटो : बुद्ध एयर
फाइल फोटो : बुद्ध एयर

काठमाडौ । देशका अधिकांश भूभागमा मौसम प्रतिकुल हुँदा दिनभर व्यस्त रहने आन्तरिक हवाई उडान आज बिहानै देखि प्रभावित बन्न पुगेको छ ।

काठमाडौ स्थित त्रिभुवन विमानस्थलको अन्तरिक तर्फका उडान तथा अवतरणमा समेत निरन्तरको वर्षाले अवरोध सिर्जना गरेको छ । पोखरा विमानस्थलमा पनि विहान २ उडान पश्चात थप उडान र अवतरण हुन सकेको छैन । काठमाडौको मौसम खराब हुँदा विहान पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज डाइभर्ट गरी भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गराइएको पोखरा विमानस्थलले जानकारी दिएको छ । बिहान ७२ जना यात्रु लिएर उडेको ६६४ एयर अटिआर ७२ नम्बरको बुद्ध एयरको जहाज काठमाडौमा अवतरण हुन नसकेपछि भैरहवा डाइभर्ट गरिएको विमानस्थल प्रतिनिधिले जनाएका छन् ।भैरहवा डाइभर्ट भएको जहाज १०ः२० मा सुरक्षित अवतरण भएको छ ।

पोखरा विमानस्थलमा न्यून भिजिबिलिटीको कारण देखाउँदै सबै उडान अवतरण बन्द गरिएको छ । उडान प्रभावित भएपछि विमानस्थलमा उडानको प्रतीक्षामा बसेका यात्रुहरुको चाप बढेको छ ।

सम्बन्धित खबर