सोमवार, पुस ७, २०८१
अर्थ/वाणिज्य

चौतर्फी विरोध भएपछि खारेज भयो विदेशीहरूले २ सय डलर अनिवार्य लिएर आउनुपर्ने व्यवस्था

wstadmin आइतवार, बैशाख २४, २०७९

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूले भिसा शुल्क भुक्तानी सहजीकरणका लागि २ सय अमेरिकी डलर अनिवार्य ल्याउनुपर्ने व्यवस्था खारेज गरेको छ ।

चौतर्फी विरोध भएपछि अध्यागमन विभागले तत्कालका लागि २ सय डलर अनिवार्य बोकेर आउनुपर्ने व्यवस्था स्थगन गरेको हो । विभागका अध्यागमन अधिकृत धर्मराज भट्टले एक विज्ञप्ति जारी गर्दै यो व्यवस्था तत्कालका लागि स्थगन गरिएको जनाएका छन् । 

विभागले बैशाख ३ गते विदेशी नागरिकहरूलाई २ सय अमेरिकी डलर लिएर आउन व्यवस्था गरेको थियो । 

तर चौतर्फी विरोध भएपछि विभागले मंगलवार नै यो निर्णय खारेज गरेको हो । 

सम्बन्धित खबर