सोमवार, पुस ७, २०८१
अर्थ/वाणिज्य

अफगानिस्तानमा विदेशी मुद्रा प्रतिबन्ध, डलरको तस्करी गरे देशद्रोही मानिने

wstadmin आइतवार, बैशाख २४, २०७९

काठमाण्डौ । तालिबानले अफगानिस्तानमा अमेरिकी डलरलगायत विदेशी मुद्राको प्रयोगमा रोक लगाएको छ। 

अफगानिस्तान कब्जामा लिएपछि देशको बिग्रिँदो अर्थव्यवस्थाका कारण तालिबान शासनले विदेशी मुद्राहरुको प्रयोगमा रोक लगाएको छ। देशका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले काबुलमा एउटा पत्रकार सम्मेलन गर्दै अब देशमा विदेशी मुद्राहरुको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी गराएका हुन्। उनले आमजनतालाई अफगानी मुद्रा प्रयोग गर्न निर्देशन दिएका छन्।

यो निर्णय अफगानी मुद्राको भाउ स्थिर राख्नका लागि लिइएको तालिबान शासनले जनाएको छ। ‘अब कसैलाई पनि विदेशी मुद्रामा काम गर्ने अधिकार छैन’, हनफीले भने।

यसका साथै हनफीले अब डलरको तस्करी गर्नेलाई देशद्रोही र गद्दार घोषित गरिने चेतावनी दिएका छन्। 

अफगानी मुद्रा स्थिर राख्नका लागि तालिबानले एउटा कमिसन नै गठन गरेको छ। जसको नेतृत्व हनफीले गरेका छन्।– एजेन्सी

सम्बन्धित खबर